Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटः आर्मीको जितमा कप्तान विनोदको शतक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई १२६ रनले पराजित गरेको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा सवै विकेट गुमाएर ३२० रन बनाएको थियो । 

आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट पारी खेले । उनले ९३ बलको सामना गरेका उनले छ छक्का र ९ चौकाको मदतमा एक सय १३ रनको शतकीय पारि खेले त्यस्तै, सन्तोष कार्कीले ४२ रन बनाउँदा कुशल मल्ल र विवेक यादवले समान  ३७ रन जोडे । मधेश प्रदेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिँदा विशाल पटेलले २ विकेट हात पारे । यस्तै रुपेश सिंह र राजेश यादवले एक एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको मधेश प्रदशले ४८।४ ओभरमा सवै विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो । 

उसका लागि पवन शर्राफले सर्वाधिक ६५ रन बनाए । त्यस्तै,  मयन यादवले ३४ रन, रञ्जित यादवले ३२ रन र रुपेश सिंह १८ रन बनाए । आर्मीका सहाव आलमले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले २ विकेट हात पारे । यसैगरी जितेन्द्र मुखिया र कुशल मल्लले एक एक विकेट लिए ।  आर्मीको प्रतियोगिताको पहिलो खेल र पहिलो जित हो भने मधेश प्रदेशको दोस्रो खेलमा पहिलो हार हो । मधेश पहिलो खेलमा भने कोशी प्रदेशलाई पराजित गरेको थियो ।