Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

जनता समाजवादी पार्टी, नेपाल तेह्रथुमको पुनर्गठन

जनता समाजवादी पार्टी, नेपाल तेह्रथुमको पुनर्गठन भएको छ । लोकबहादुर सिंगकको अध्यक्षतामा २३ सदस्यीय कार्यसमितिको निर्माण हुँदै जसपा तेह्रथुमको पुनर्गठन भएको हो ।

जसको उपाध्यक्ष सुर्य मादेन र सुर्य निङ्लेकु, सचिव देवेन्द्र खापुङ, सहसचिव राजकुमार तेयुङ तरेबा, कोषाध्यक्ष सुन्दरी लिम्बू रहेका छन् । त्यसैगरी सदस्यहरुमा डम्बरबहादुर खापुङ, तुलसी भुजेल खवास, बौधराज लिम्बू, निलम नेपाली, प्रेमबहादुर खड्का, टिकाराम गुरुङ, ज्ञानेन्द्र इङ्नाम, मदनबहादुर कन्दङ्वा, जितबहादुर लिम्बू, रेवत साउदेन, डम्बर दास, गंगा कुरुम्बाङ, नीता पङ्धाक, टठबहादुर पङ्धाक, उर्मिला सिंगक, जमुना सिंगक, देवीमाया कटुवाल रहेका छन् ।

पार्टीका केन्द्रीय सदस्य प्रेमराज लावतीको प्रमुख आतिथ्यतामा पुनर्गठन कार्यक्रम भएको हो । त्यसैगरी पार्टीका केन्द्रीय सदस्य अरुणा लिम्बू, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, जसपा प्रदेश नं. १ का उपाध्यक्ष प्रेम वनेम, सदस्य कृष्ण कटुवाल अतिथिको रुपमा हुनुहुन्थ्यो ।