Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

दोहोरो अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार?

 सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आइतबार ३१.६२ अंकले वृद्धि भएको सेयर बजार २१२०.६२ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३१४ वटा कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रूपैयाँको कारोबार भएको छ ।

यसदिन २११ वटा कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको घटेको छ भने ३ कम्पनीको स्थिर छ ।