Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आज यस्तो छ फलफूल तथा तरकारीको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज सबैभन्दा लोकल गोलभेडा सस्तो रहेको छ । आज लोकल गोलभेडा प्रतिकेजी १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 यस्तै, नेपाली ठूलो गोलभेडा ४०, अदुवा १५०, रातो आलु ३३, रातो भारतीय आलु २९ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ । समितिले लोकल गाजरको मूल्य प्रतिकेजी ३५ रुपैयाँ , लोकल बन्दा २५, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ७०, हरियो फर्सी लाम्चो ५०, डल्लो हरियो फर्सी ४० रुपैयाँ तोकेको छ । यस्तै, तोरीको साग ४०, रायोको साग ३०, चमसुर, पालुँगो, मेथी, सौफको साग र जिरीको साग ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदिना २५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ९०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा ५०, लाम्चो भान्टा ४० र हरियो धनिया ८० रुपैयाँ पाइने समितले जनाएको छ ।

यता, हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ रहेको छ । कालो अंगुर ३२०, केरा दर्जनको १३०, अनार २५०, किबी ३००, एभोकाडो २५०, अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।