कर्णाली प्रदेशको राजधानीमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबलको उपाधिका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुने भएको छ ।सेमिफाइनलमा शसस्त्र प्रहरीले गण्डकी प्रदेश र पुलिसले नेपाल आर्मीलाई समान ३–० को सोझो सेटमा हराएर उपाधि भिडन्त पक्का गरेका हुन् ।
सशस्त्र प्रहरीले गण्डकीलाई २५–२३, २५–२० र २५–१५ ले पराजित गरेको थियो । नेपाली आर्मी लाई प्रहरीले २५–२१, २५–२३ र २५–१९ ले हरायो । फाइनल खेल बिहीबार दिउँसो एक बजे हुने छ । तेस्रो स्थानका लागि नेपाली सेना र गण्डकी प्रदेशबीच पनि भोलि बिहान प्रतिस्पर्धा हुनेछ ।
गत वर्ष गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३३ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै सशस्त्र प्रहरी बलले उपाधि जितेको थियो ।