Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

 नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।  आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।