Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

प्रहरी समायोजनपछिको तयारीमा जुट्न मुख्यमन्त्री कार्कीको निर्देशन

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रहरी समायोजनापछिको तयारीका लागि जुट्न निर्देशन दिएका छन् ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आज अनुगमन गर्दै उनले संघीय सरकारले प्रदेश सरकारलाई प्रहरी समायोजन गरी हस्तान्तरण गर्न लागेकाले यस सम्बन्धमा आवश्यक तयारी गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन भएपछि त्यसको सञ्चालन, सरूवा तथा बढुवाको विधि निर्माण गर्न पूर्वतयारीमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।‘ट्राफिक सप्ताह होइन, प्रत्येक दिन ट्राफिक अभियान चलाउन र सडकमा जडान गरिएका सिसी क्यामेराको प्रभावकारीरुपमा अनुगमन गर्नुपर्छ’, मुख्यमन्त्री कार्कीले भने। 


सो अवसरमा मन्त्रालयका कर्मचारीले प्रदेशका १४ जिल्लामध्ये नौ जिल्लाको नक्शांकन एकीकृत गर्ने काम भइरहेको र बाँकी जिल्लाको कार्य चाँडै सम्पन्न गरिने मुख्यमन्त्री कार्कीलाई जानकारी