नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको नयाँ संस्करण सुरू भएको छ । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने हल्ट प्राइजको यो संस्करणमा सहभागीहरूले आ-आफ्ना प्रस्तुतिहरू दिइरहेका छन् ।
नेक हल्ट प्राइजका क्याम्पस निर्देशक सुवास खनालका अनुसार अक्टोबर १२ मा समिति सदस्यहरु सँग ग्रूमिङ र परिचयात्मक सत्रको आयोजना गरिएको थियो । जहाँ आयोजक समिति सदस्यहरुलाई हल्ट प्राइजको बारे परिचय र समिति सदस्यको रूपमा आफ्नो भुमिका बारे जानकारी दिइएको थियो ।
गत नोभेम्बर ९ मा प्रेरणादायी र सशक्तिकरण द हल्ट प्राइज कम्युनिटी नामक प्रेरक सत्रको आयोजना गरिएकोमा नेकका विद्यार्थी कल्याण मशाशाखाका प्रमुख एशोसिएट प्राध्यापक सचिन श्रेष्ठले हल्ट प्राइजमा नेकको यात्रा र नेकको प्रभाव बारे जानकारी दिएका थिए । सो क्रममा सहभागीहरूले हल्ट प्राइज २०१८/०१९ का क्षेत्रीय फाइनलिस्ट संयोग उपाध्यायको हल्ट यात्राको बारेमा बुझ्ने मौका पनि पाए ।
त्यस्तै नोभेम्बर २९ मा प्रतिष्पर्धीहरूको परिचयात्मक सत्र चलाइएकोमा सोहि सत्रमा सहभागीहरूलाई हल्ट पुरस्कारको बारेमा अभिमुखीकरण दिइएको थियो । सहभागीहरूलाई कलेजको हल्ट प्राइजकी पूर्व निर्देशक तानिया लामिछानेले हल्ट प्राइज २०२३ को विषयवस्तु बारे जानकारी दिइन् ।