Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आज फलफूल तथा तरकारीको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी २२० रुपैयाँ, कालो अंगुर ३२०, केरा १३०, अनार ३००, किबी २५०, एभोकाडो २५०, अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेडा १०, अदुवा १५०, रातो आलु ३४, रातो भारतीय आलु ३० रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७०, अकबरे हरियो खुर्सानी ४५० रुपैयाँ प्रतिकेजी कायम भएको छ । लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँ, लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ८०, हरियो फर्सी लाम्चो २०, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । यस्तै, तोरीको साग ४०, रायो साग ३०, चमसुर, पालुँगो,  मेथी र सौफको साग ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

तराइ परबर १२०, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ९०, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदिना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ ।