त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरेको छ ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
यसअघि प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्ध गरेर समितिले पुनः नयाँ सूचना जारी गरेको हो । इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्ने त्रिविले जनाएको छ ।

समितिले यसअघि यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । प्रावधानबारे विवाद भएपछि आइतबार रद्द भएको सूचना सच्याएर पुनः जारी गरिएको हो ।