जनता समाजवादी पार्टी जसपा नेपालले पूजा चौधरीलाई राष्ट्रियसभामा उमेदवार बनाउने निर्णय गरेको छ ।
गठबन्धनमा महिलाको १ सिट भाग पाएको जसपाले मधेसमा चौधरीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।
आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट चौधरीलाई छानेको जसपा प्रवक्ता मनिस सुमनले बताए ।