Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आज यस्तो छ तरकारी तथा फलफूलको मूल्य

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, रातो भारतीय आलु ३० रुपैयाँका कारोबार भइरहेको छ । यस्तै, स्थानीय काउली १५ रुपैयाँ, कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ, अकबरे हरियो खुर्सानी ५०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

डल्ले भान्टा ४० रुपैयाँ, हरियो धनियाँ ११० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन १०० र नेपाली सुकेको लसुन २६० रुपैयाँ कायम भएको छ । यसैगरी, लोकल गाजरको मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ रहेको छ भने लोकल घिउ सिमी ४० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार तोरीको साग ४० रुपैयाँ, रायो साग ३० रुपैयाँ, चमसूर, पालुँगो, मेथीको साग ९० रुपैयाँ, तराई परबर ८० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदिना २२० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, हरियो अंगुर प्रतिकेजी २२० रुपैयाँ, कालो अंगुर ३२० रुपैयाँ, अनार र किबी ३०० रुपैयाँ, एभोकाडो २५० रुपैयाँ, अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।