Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका–३, जामिरगाडाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–९ बस्ने ३३ वर्षीय भवानी सिंह बुढासहित ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद एक लाख ४२ हजार ६४५ रुपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको जनाइएको छ ।