अभियन्ता डाक्टर गोविन्द केसी सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरुको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरु पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरुले प्रदर्शनमा गरेका थिए ।