Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ध्यानलाई धर्मसँग होइन विज्ञानसँग जोडेर हेर्नुपर्छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण  प्रतिष्ठान, महाराजगन्जमा 'ध्यानद्वारा उर्जा जागरणको एक दिवसीय कार्यशाला' सुरु भएको छ। प्रहरी संगठनसहित गृह मन्त्रालय मातहतका निकायमा योगाभ्यास, प्राणायाम र उर्जाध्यानको संस्कृति स्थापित गर्ने अभियान अन्तर्गत नै यो कार्यशाला सुरु भएको हो। 

naray.jpg

कार्यशालामा प्रशिक्षक रमेश नेपालले दुईसय भन्दा बढी प्रहरीलाई योगाभ्यास सिकाउने छन् । आज शनिबार दिनभरी चल्ने कार्यशालाको उद्घाटन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका हुन्। त्यसक्रममा उनले ध्यानलाई धर्मसँग होइन विज्ञानसँग जोडेर हेर्नुपर्ने, स्वजागरणका रुपमा हेर्नुपर्ने र आफुलाई चिन्न, बदल्न, असल बन्न तथा स्वच्छ बन्न यो आवश्यक हुने बताए। 

पूर्वीय सभ्यताको रूपमा स्थापित ध्यानलाई हाल पश्चिमाले समेत अनुसरण गर्न थालेको उनले बताए। प्रतिष्ठानका प्रमुख एवम एआइजी सन्दीप भण्डारीले स्वागत मन्तव्य व्यक्त गरे । कार्यशालामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवर सहितका प्रहरी अधिकारीहरूको सहभागिता छ।