Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आइसीसी टी-२० विश्वकप: नेपाल समूह ‘डी’ मा, समूह अरु कुन कुन देश छन?

आइसीसी टी-२० विश्वकपमा नेपालले समूह ‘डी’ मा परेको छ । आइसीसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह डीमा रहँदै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्ने भएको हो ।

नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यस्तै दोस्रो खेल जुन ११ मा श्रीलंकासँग, तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र अन्तिम खेल जुन १६ मा बंगलादेशससँग खेल्नेछ।

नेपालले दुई खेल वेस्ट इन्डिज र दुई खेल अमेरिकामा खेल्ने आइसीसीले जानकारी दिएको छ । विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् ।

त्यसपछि १९ देखि २४ जुनसम्म सुपर ८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल १९ जुनमा हुनेछ।