Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

टेस्ट क्रिकेट वरीयताको शीर्षस्थानबाट बाहिरियो भारत

अस्ट्रेलिया आईसीसी टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो ।

आईसीसीको पछिल्लो वरीयतामा भारत दोस्रो स्थानमा छ । टेस्ट क्रिकेटको वरीयतामा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । एकदिवसीय र टी२० क्रिकेट वरीयताको शीर्ष स्थानमा भने भारत रहेको छ । एकदिवसीयको दोस्रो वरीयतामा अस्ट्रेलिया र तेस्रोमा साउथ अफ्रिका रहेका छन ।

टी-२० क्रिकेटको दोस्रो वरीयतामा भने इंग्ल्याण्ड रहेको छ । न्यूजिल्याण्ड टी२० वरीयताको तेस्रो स्थानमा रहेको छ ।