Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँमा, परराष्ट्रमन्त्री साउदद्वारा स्वागत

भारतका विदेशमन्त्री डा. एस जयशंकर काठमाडौँ आइपुगेका छन् ।नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी आज बिहान भारतीय वायुसेवाको विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् ।

विदेशमन्त्री जयशंहरलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।

नेपाल आएसँगै विदेशमन्त्री जयशंकर राजनीतिक भेटवार्तामा व्यस्त रहने छन् । उनको पहिलो भेट ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग हुनेछ ।