‘धोती दिवस’ मनाउन पुगेकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । उनी जनमत पार्टीकी नेतृ हुन् ।
प्रहरीले निषेधित क्षेत्र तोकेको माइतीघर मण्डलामा सोमबार बिहान जनमत पार्टीले प्रदर्शन गरेपछि मन्त्री साहसहित ६३ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । मन्त्री साह आज बिहान बसेको मन्त्रिपरिषद् बैठक लगत्तै प्रदर्शनमा गएकी थिइन् ।
प्रहरीले सो पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, उपाध्यक्ष अब्दुल खान, सचिव वीपी साह, नेता दीपक साह सहितलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा राखेको छ ।