सत्ता गठबन्धन दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पक्राउ परेका छन् ।
प्रहरीले माइतीघरबाट बानेश्वरतर्फ लाग्ने क्रममा जनमत पार्टीका अध्यक्ष डा. राउतसहित जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको छ । जनवरी १ तारिकका दिन पारेर धोती दिवस मनाउन भन्दै अध्यक्ष डा. राउत दलबलसहित सडकमा निस्किएका थिए ।
उनलाई पक्राउ गरी पुलिस क्लबमा राखिएको छ ।