Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेपालगञ्जमा कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु, एक गम्भीर घाइते

बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजना कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।


उनीहरुको सनाखत हुन सकेको छैन । गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्की एक महिला गम्भीर घाइते भएकी छन् । नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।