Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

चन्द्र भण्डारीको प्रश्नः कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नु पर्ने देश हो यो?

सत्ता साझेदार नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति आपत्ति जनाएका छन् । आज शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् । उनले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्न पर्ने देश हो? भन्दै प्रश्न गरे । उनले अहिले समाजमा असामाजिक गतिविधिहरू बढिरहेको बताए ।

नेता भण्डारीले भने, ‘अहिले समाजमा के भइरहेको छ ? हिजो मात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाउँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ । के यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्न पर्ने देश हो रु प्रश्न यो हो । यति ठूलो जलश्रोत, प्रकृति, श्रोत र साधन छ । कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आशुमा पनि मुस्कान दिन्छ ।’ नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए । नेता भण्डारीले पार्टी नेतृत्वमा रहेका नेताहरुलाई ‘टाइपराइटर’ को संज्ञा दिएका छन् ।

उनले अहिले आइफोन र आइओएसको जमना आएको उल्लेख गर्दै उनले अब टाइपराइटरको भविष्य नभएको र अपग्रेड हुनुपर्ने बताए । पार्टीका नेताहरुले आफू प्रधानमन्त्री र मन्त्री भइसकेको दम्ब देखाएर अन्य नेता कार्यकर्ताले दिएको सुझावलाई पनि मनन गर्न छाडेको गुनासो गरे ।