Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बालकुमारी घटनाको छानविन गर्न डीआइजीको नेतृत्वको समिति गठन

 लतिलपुरमा भएको प्रदर्शनका क्रममा दुई जनताको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न सरकारले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

गृह मन्त्रालयले भर्खरै गठन गरेको छानविन समितिमा उपत्यका प्रहरी कार्यालयका डीआइजी लालमणि आचार्य संयोजक छन् । सदस्यमा ललितपुर जिल्ला प्रशासन कार्यलयका सहायक सीडीओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल रहेको गृहमन्त्रालय स्रोतले खबरहबलाई बतायो ।

उक्त्र घटनामा प्रहरीले अश्रुग्यास प्रहार र लाठी चार्ज गरेको थियो । प्रहरीको गोली लागेको भनिएका दुई जनाको मृत्यु शंकास्पद देखिएपछि  मन्त्रालयले छानविन समिति गठन गरेको हो ।