Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु

 ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो । मृतक दैलेखका २३ वर्षीय सुदन राउत रहेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए ।

हाल बालकुमारीको अवस्था तनावग्रस्त छ । त्यहाँ व्यापक सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।