Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

चितवनमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ ।

आज बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि भरतपुरस्थित एलाइभ अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।