Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

जाजरकोटमा पालमुनि बसिरहेकी सुत्केरीको चिसोले मृत्यु

जाजरकोटको कुशे गाउँपालिका –९ घर्ती गाउँकी २४ वर्षीया कल्पना नेपालीको त्रिपालभित्रै मृत्यु भएको छ ।

२४ दिनअघि जुम्ल्याहा छोरा जन्माएकी नेपाली त्रिपालभित्र मृत भेटिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

मंसिर १७ गते दुई छोरा जन्माएकी नेपालीको मृत्युको खबर पाए लगत्तै प्रहरी घटनास्थलतर्फ हिँडेको छ । अध्यक्ष बस्नेतका अनुसार सुत्केरीको चिसोका कारण ज्यान गएको हो ।