Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सहकारी ठगी प्रकरण: कुश्माका प्रशासकीय अधिकृत पराजुली कार्यालयबाटै पक्राउ

सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधवार उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार  पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका थिए । १ करोड ५ लाख लिएको बयान सहकारीका अध्यक्ष रमण पौडेलले दिएका थिए ।

त्यसकै आधारमा पराजुलीलाई पक्राउ गरिएको पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिए ।  उनी बुधवार कार्यालय गएका थिए । उनलाई आजै कास्की पठाउने बताइएको छ । कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।