Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

‘टेरामक्स’ खरिदमा भ्रष्टाचार गर्ने कर्मचारीदेखि नेता सबैलाई समाउनुपर्छ: अमरेश सिंह

प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ खरिद प्रक्रियामा अपारदर्शी कारोबार भएको बताएका छन् ।

बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सिंहले टेरामक्स खरिदका लागि लेनदेन अपारदर्शी भएको बताएका हुन् । “यहाँ पैसाको लेनदेन पारदर्शी भएन । राष्ट्र बैंकलाई थाहा छैन । पैसा बोरामा बोकेर गएक‍ो कि प्लेनमा?,” बैठकमा बोल्दै सांसद सिंहले भने,“किनेको छ कि छैन? किनेक‍ो भए किन जडान भएन रु हामी उद्देश्यहीन बैठक बसेका छौँ ।  चोख्याउन खोजेको हो कि कारबाही गर्न खोजेको हो?”

उनले लेबनान आफैँ समस्यामा रहेको देश भन्दै हाम्रो देशको समस्या कसरी पार लाउँछ भनेर समेत प्रश्न गरेका छन् । टेरामक्समा भ्रष्टाचार भएको भन्दै उनले यसमा संलग्न नेता र कर्मचारी सबैलाई समाउनुपर्ने बताए ।  प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शीता एवं सेवाको गुणस्तर मापनका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो । ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ ।