Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

वरिष्ठ हवल्दारसहित २१ प्रहरी सम्पर्कबिहीन, सात दिनभित्र हाजिर हुन उर्दी

नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत २१ जना लामो समयदेखि सम्पर्कबिहीन छन् । ती प्रहरीलाई तत्काल हाजिर हुन नेपाल प्रहरी प्रधान कार्यालयले उर्दी जारी गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना प्रकाशित बाटोको म्याद बाहेक सात दिन भित्र हाजिर हुन उर्दी जारी गरेको हो । यसरी उर्दी जारी गरिएका पदहरूमा वरिष्ठ हवलदारदेखि प्रहरी जवानहरू छन् । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको, खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२)बमोजिम प्रक्रिया पुरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयमा सम्पर्कमा नआएकाले सूचना जारी गरेको जनाइएको छ ।


‘कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही हुनेछु, सूचनामा भनिएको छ । यसलाई प्रहरी नियमावली २०७१ को अनुसूची १४को भाग ४ को प्रयोजनार्थ सफाइको मौका प्रदान गरिएको कार्यालयले जनाएको छ ।

1703640812_Capture.webp