Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल

 प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच टीआरसीको बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफलका लागि प्रधानमन्त्री दाहालले सोमबार तीन नेताको बैठक बोलाएका थिए । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउन आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

सो विधेयक संसद्‌मा विचाराधीन अवस्थामा छ। विधेयक अगाडि बढाउने तयारी हुँदा दलहरूबीच सहमति नजुटेकाले संसद्को बजेट अधिवेशनमा पेस भएको थिएन। सरकारले छिट्टै संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ।शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै टीआरसी पास गर्ने तयारी छ।