Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

रवि लामिछानेलाई खोया हान्ने युवक १० दिन थुनामै रहने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिजो (शनिबार) मकैको खोया हान्ने लमजुङका सन्तोष रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ ।

प्रशासनले सार्वजनिकस्थलमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । ‘खोया प्रहार गर्ने रानाभाटलाई शनिबार नै पक्राउ गरेर थुनामा राखेका छौं । आज प्रशासनबाट १० म्याद थप गरेका छौं । अहिलेसम्म झुक्किएर नै गराएको भनेर बयान दिएका छन् । झुक्किएको जस्तो त देखिदैँन । हामीले म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं’, उनले भने ।

लमजुङका सन्तोष रानाभाटले शनिबार पोखरा अंमरसिंह चौरमा चलिरहेको रास्वपाको आमसभामा बोल्दै गरेको सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका थिए । सभापति लामिछानेले युवकले प्रहार गरेको खोया आफ्नो सपना पूरा नभएसम्म घरमै सझाएर राख्ने घोषणा गरेका छन् ।

 

हेर्नुहोस् यो भिडियो पनि: