आफ्नो अभिव्यक्ति र गतिविधिले नेताहरुको चर्को आलोचना र विरोध भइरहन्छ। बेलाबेलामा सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो बोलीकैं कारण पदबाट राजीनामा समेत दिनुपर्ने भएको छ । यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि आफ्नो अभिव्यक्तिले विवादमा तानिएका छन् ।
बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर राप्रपाले मन्त्री किरातीलाई बर्खास्त गरेर कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ गठबन्धनको ध्यानाकर्षणसमेत गराएको छ।
हेर्नुहोस् सो कार्यक्रममा मन्त्री किराती भाषणको पुरा भिडियो: