Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

माओवादीको विधान सम्मेलन फागुन पहिलो साता

माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ।  बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले  जानकारी दिएका छन् ।

 त्यसका लागि विधान मस्यौदा समिति गठन गरिएको छ।  प्रवक्ता सापकोटाका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन् ।

 बैठकले माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि निकालेको छ।