Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ह्वातै बढ्यो  सुनको मूल्य, कति पुग्यो तोलाको?

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुन तोलामै १ हजार रुपैयाँले वृद्धि भएको छ । 

मंगलबार छापावाल सुन १ लाख १८ हजारमा कारोबार भएकोमा आज तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको छ । हिजो १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १८ हजार ४५० रुपैयाँमा पुगेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६५ रुपैयाँ कायम भएको महासंले जनाएको छ ।