न्यूजिल्याण्डका युवा अलराउन्डर रचिन रवीन्द्रले इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्ग्सबाट खेल्ने भएका छन् । मंगलबार दुबईमा भएको खेलाडी अक्सनमा चेन्नईले रवीन्द्रलाई १ करोड ८० लाख भारुमा किनेको हो ।
न्यूनतम ५० लाख भारु मूल्य रहेका रवीन्द्रलाई दिल्ली क्यापिटल्स, पञ्जाब किङ्ग्सले चासो देखाएपनि अन्ततस् चेन्नईले बाजी मारेको थियो । भारतीय मूलका रवीन्द्रले हालै सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा शानदार प्रदर्शन गरेर सबैलाई प्रभावित पारेका थिए । त्यस्तै, खेलाडी अक्सनमा चेन्नईले भारतीय बलर श्रार्दुल ठाकुरलाई ४ करोडमा किनेको छ । त्यस्तै अफगानिस्तानका अजमातुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख भारुमा किनेको छ ।
त्यसैगरी सनराइजर्स हैदरावादले श्रीलंकाका वानिन्दु हसरङ्गालाई १।५ करोड भारुमा किनेको छ भने विश्वकपमा शानदार प्रदर्शन गरेर अस्ट्रेलियालाई विश्वकप जिताएका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६।८ करोड भारुमा किनेको छ । त्यस्तै इङल्याण्डका विस्फोटक ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोड भारुमा किनेको छ भने वेस्ट इन्डिजका रोभमन पावेललाई ५।४ करोड मा राजस्थान रोयल्सले किनेको छ ।