Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बढ्यो सुनको मूल्य, पढ्नुहोस् कति पुग्यो तोलाको?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।  

सोमबार स्थिर रहेको सुनको मूल्य प्रतितोला २ सयले बढेर आज छापावाल सुन १ लाख १८हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम रहेको महासंघले जनाएको हो ।  मंगलबार छापावाला र तेजाबी सुुनमा समान २ सय रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको मूल्यमा पाँच रुपैयाँ घटेको छ । 

सोमबार स्थिर रहेको चाँदीमा आज ५ रुपैयाँ घटेर प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएको महासंले जनाएको छ ।