मुगुमा दलित भएका कारण स्थानीयले गाउँ निकाला गरेका छन्।
जिल्लाको सोरु गाउँपालिकास्थित खनया स्वास्थ्य चौकीमा कार्यरत अनमि तुलसाकुमारी विकलाई स्थानीयले गाउँ निकाला गरेका हुन्। उनीहरुले दलितले छोएको औषधि नखाने भन्दै विकलाई त्यहाँबाट जान बाध्य पारेको आरोप छ।
अनमि बिक भन्छिन्, ‘मन्त्रालयले सरुवा दिँदैन। यता गाउँलेले बबाल गरेका छन्। जागिर छाड्नुको विकल्प छैन।’