Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

हाम्रा कारणले मात्रै ईयूले कालोसूचीमा राखेको होइन: वायुसेवा निगम

नेपाल वायुसेवा निगमले आफ्ना कारणले मात्रै नेपालको हवाई उडानलाई ईयूको कालोसूचीमा राखेको भन्ने विषय सही नभएको जनाएको छ ।  सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वायुसेवा निगमै कारण नेपालको हवाई उडान क्षेत्रलाई ईयूले कालोसूचीमा कालोसूचीमा राखेको विषय सही नभएको बताएका हुन् ।

उनले पछिल्लो पटक नागरिक उड्डयन प्राधिकरणमाथि प्रश्न राख्दै पत्र ईयूबाट प्राप्त भएको जिकिर गरे । नागरिक उड्डयन प्राधिकरण नियामक निकाय भएकाले प्राधिकरणले एयरलाइन्सलाई समेटेर समस्याको समाधान गर्नुपर्ने उनले बताए । त्यस्तै अधिकारीले वायुसेवा निगमको जहाज सिड्नी उडाउनका लागि तयारी भइरहेको जानकारी दिए । ठूला विमानहरूले निरन्तर उडान भर्दा नियमित गर्न विमानको अभाव हुने उनको भनाइ छ । उनले बजार हस्तक्षेपका साथै सेवा विस्तार गर्न केही विमान लिजमा लिने तयारी भइरहेको जानकारी दिए ।

समितिले नेपालको हवाई क्षेत्रलाई कालोसूची राखिएको विषयमा विस्तृत रुपमा पुन निगमसँग छलफल गर्ने जनाएको छ ।