Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।  छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

छापावाल सुन तोलाको एक लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन तोलाको एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।  तेजाबी सुन भने तोलाको एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।