Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एनएसआरए एनिभरसरी कप स्क्वासको फाइनलमा पुगे कृष्णा र विपना

नेपालका दुई शीर्ष महिला खेलाडी कृष्णा थापा र विपना ब्लोनबीच एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत महिला एकलको उपाधि भिडन्त हुने तय भएको छ ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको भवनमा भइरहेको प्रतियोगिताको फाइनलमा स्थान बनाउने क्रममा आज विपना ब्लोनले स्वस्थानी श्रेष्ठलाई ११–४, ११–५, ६–११, ११–६ ले हराएइन ।यता अर्को सेमिफाइनलमा कृष्णाले भावना सुनुवारमाथि सोझो सेटमा ११–८, ११–३ र ११–४ को जित निकाल्न सफल भइन ।  यसैगरी गल्र्स १९ को फाइनल खेल साक्षी सुनुवार र रेनेसा महर्जनबीच हुनेछ । पहिलो सेमिफाइनलमा साक्षीले रचना प्रजालाई ११–३, ११–० र ११–३ तथा दोस्रो सेमिफाइनलमा रेनेसाले अर्पणा प्रजालाई ११–८, ११–२ र ११–४ ले हराइन । 

नेपाल स्क्वास र्याकेट संघ स्थापनाको ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास गराएको हो । एक्स स्टेपको प्रायोजन रहेको प्रतियोगिताको अन्तिम खेल शनिबार दिउँसो हुने छ ।