Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अध्यागमन विभागका अधिकृत खड्का पक्राउ

अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन् ।  नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

खड्कासँगै वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले भिजिट भिसामा जानेलाई रोक्न विशेष अपरेसन अभियान चलाएको छ । सो अभियानमा हालसम्म ३२ जना पक्राउ परेका छन् ।