Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ  घटेको हो । 

आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।