Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

लागूऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली, एकजना पक्राउ

प्रहरीले ललितपुरको झम्सीखेलमा गोली हानेर मंगलबार एकजनालाई नियन्त्रणमा लिएको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा अविनाश राई छन् । 

पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने प्रयास गरेपछि राईलाई गोली हानेर नियन्त्रणमा लिइएको उनले बताए ।