Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एक घण्टामै दुई अर्बभन्दा बढीको सेयर कारोबार

 एक घण्टाको अवधिमा सोमबार दुई अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिहान ११ देखि मध्याह्न १२ बजेको बीचमा दुई अर्बभन्दाको सेयर कारोबार भएको हो ।

यसअघि, दैनिक दुई अर्बभन्दा कमको सेयर कारोबार हुँदै आएको थियो । आज पहिलो घण्टामा बजारमा उतारचढाव रहे पनि कारोबार उच्च भएको नेपाल स्कट एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आइतबार लगातार तेस्रो सर्किट ब्रेक लागेर बजार १२ः२७ बजे नै दिनभरिका निम्ति बन्द गरिएको थियो । आइतबार ९ मिनेटको सेयर कारोबारमा एक ४८ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

गएको बिहीबार दिनभर (११ देखि ३ बजेसम्म) दुई अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।