Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार?

नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।

महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।