Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेपाल बार एशोसिएशनको राष्ट्रिय गोष्ठी सौराहामा सुरु

 नेपाल बार एशोसिएशनको मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आइतबार देखि सौराहामा सुरु भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गरेका हुन् । गोष्ठीमा देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायी सहभागी छन् । एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा आज मानव अधिकारको अवस्था, पश्चिम एसियामा जारी द्वन्द्वलगायत विषयमा छलफल हुनेछ ।

उनले भने, ‘इजरायलमा रहेका नेपालीलाई लिएर नेपाल बार एशोशिएसन गम्भीर छ । इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गयो । त्यहाँको अवस्थालाई लिएर हामीलाई चिन्ता छ ।’ अहिले पनि विपिन जोशी हमासको कब्जामा रहेको र उनको रिहाइका लागि आवाज उठाइने उनले बताएका छन् ।