Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कोपा अमेरिका २०२४ को  ‘ड्र’सार्वजनिक

 सन् २०२४ को जुनमा हुने कोपा अमेरिका २०२४ को खेल तालिका ‘ड्र’ सार्वजनिक भएको छ ।  अमेरिकामा आयोजना हुने उक्त प्रतियोगितामा उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु सहभागि हुने छन् । 

प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० र उत्तर र तथा मध्य अमेरिकी क्षेत्रबाट ६ गरी कूल १६ राष्ट्रले सहभागिता जनाउने छन् ।  सहभागिता जनाउनेछन्। उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३–२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका हुन् भने बाँकी दुई टिमको टुंगो प्लेअफबाट लाग्ने बताइएको छ ।  शुक्रवार बिहान सार्वजनिक ड्र अनुसार साविक विजेता तथा विश्व विजेता अर्जेन्टिना समूह ‘ए’ मा  रहेको छ। यस समूहमा पेरु र चिली पनि छन् ।  कोनकाकाफ क्षेत्रको एक टिम यो समूहमा पर्नेछन् । 

यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् । समूह ‘सी’ मा आयोजक अमेरिका सहित उरुग्वे, पानामा र बोलिभिया छन् । समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन्। यस समूहमा पनि कोनकाकाफ क्षेत्रको एक टिम हुनेछ ।