Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

चलचित्र ‘गाउँ आएको बाटो’ले लियो रिलिज डेट

नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’ले रिलिज डेट लिएको छ । चलचित्र ‘गाउँ आएको बाटो’ जेठ १८ गते रिलिज हुनेछ ।  नवीन सुब्बाले निर्देशन गरेको चलचित्र विश्वका विभिन्न ठूला फिल्म फेस्टिभलको फन्को लगाएर नेपालमा रिलिज हुन लागेको हो । 

चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र पशुपति राई छन् । यो चलचित्रले गाउँमा सडक पुगेपछि बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढावको कथा भन्छ । 

‘गाउँ आएको बाटो’ प्रतिक्षित सिनेमा हो ।