Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बढ्यो सुनको मूल्य, कति पुग्यो तालाको?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा २०० रुपैयाँले बढेको जनाएको छ ।

महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।