Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एनसेलविरुद्ध उच्च अदालतमा रिट

दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत शेयर बिक्री अवैध भएको भन्दै अन्तरिम आदेशबाट बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ । 

बाजु्रामा गोकुलबहादुर रोकायाले पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३ विलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा किस्ताबन्दीमा भुक्तानी गर्ने गरी भएको बिक्री शंकास्पद भएको भन्दै अनुसन्धानका लागि पनि आदेश माग गरिएको छ ।  यसअघि यही मंसिर १४ गते रिट दायर गरेका रोकायाको रिटमा मंसिर १५ मा उच्च अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाउँ आदेश जारी गरेको थियो ।

त्यसबेला एनसेलको शेरय बिक्री भइसकेको थिएन । उक्त रिटमा उनले यसअघिको बिक्रीवापतको पुँजीगत लाभकर नै तिरिनसकेको अवस्थामा पुनः बिक्री गर्न रोक लगाउनुपर्ने दाबी गरेका थिए । रोकायको रिटमा उच्च अदालतले बिहिबारको पेसी तोकेको छ ।

press1.pngpress2.pngpress3.png